बिहीबार बिहानैदेखि ज्वागलमा राजनीतिक भेटघाट गरिरहेका शाहले जेन-जीहरूलाई भेटेका हुन् । उनले २५ वर्ष उमेर पुगेकाहरू चुनावी प्रतिस्पर्धामा जानुपर्ने बताएका हुन् ।
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जेन-जीहरू एकत्रित भएर चुनावमा जानुपर्ने बताएका छन् । सहयोगी कुमार बेनको ललितपुरस्थित घरमा जेन-जीका प्रतिनिधिलगायतलाई सामूहिक रुपमा भेट्दै शाहले चुनावमा जानुपर्ने बताएका हुन् ।
बिहीबार बिहानैदेखि ज्वागलमा राजनीतिक भेटघाट गरिरहेका शाहले जेन-जीहरूलाई भेटेका हुन् । उनले २५ वर्ष उमेर पुगेकाहरू चुनावी प्रतिस्पर्धामा जानुपर्ने बताएका हुन् । छलफलमा सहभागी जेन-जी प्रतिनिधि प्रदीप ज्ञवालीले भने, 'मेयर शाहले अब हामी छुट्टाछुट्टै जाने होइन, जेन-जी पनि स्टेकहोल्डर हो । सबैजना मिलेर जानुपर्छ भन्नुभयो ।'
जेन-जी आन्दोलनमा सहभागी २५ वर्ष उमेर पुगेकाहरू चुनावमा होमिनुपर्ने पनि बालेनले बताएका थिए । बालेनले नयाँ, वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउन प्रयास गरिरहेको जानकारी पनि जेन-जीका प्रतिनिधिलाई दिएका थिए । '२५ वर्ष पुगेकाहरू चुनावमा जाने हो, नपुगेकाहरूले सहयोग गर्ने हो । स्थानीय तह र प्रदेश चुनावको तयारी गर्ने हो,' बालेनले भनेका कुरा उल्लेख गर्दै ज्ञवालीले भने, 'वैकल्पिक शक्तिहरूलाई एकत्रित गर्ने प्रयास गरिरहेका छौं ।'
छलफलमा सुधन गुरुङ, रक्षा बम, धिरज जोशी, केपी खनाल, रेहान दंगाल, पुरुषोत्तम यादवलगायत थिए ।
