अध्यक्ष हार्दा छुट्टिएका थापा अंकमाल गरेर लिङ्देनसँग फेरि जोडिए

एकता घोषणा सभा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा हुने

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Thapa, who was separated after losing the presidency, reunites with Lingden with a hug.

What you should know

काठमाडौँ — राप्रपा र राप्रपा नेपालबीच पुन: एकीकरणको सहमति भएको छ । बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच २ लाइनको सहमति भएको हो ।

सहमतिमा भनिएको छ, ' 'राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति गरेका छौं, एकता घोषणा सभा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।' राप्रपा पार्टी कार्यालय धुम्बराहीमा दुई नेताले सहमतिपत्रमा हस्ताक्षर गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पार्टी एकताबारे जानकारी दिँदै अध्यक्ष लिङ्देनले सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई ध्रुवीकरणमा सहभागी हुन आग्रह गरेका छन् ।

यसअघि राप्रपा अध्यक्षमा लिङ्देनले जितेपछि थापाले पार्टी छोडेका थिए । उनी २०७९ को निर्वाचनमा एमालेको चुनाव चिह्नमा हेटौंडाबाट उम्मेदवार बनेर राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएका थिए ।

महाधिवेशनमा हारेपछि थापाले छाडेका थिए राप्रपा

नेपाली राजनीतिमा राप्रपा फुट र एकताको लामो इतिहास छ । पछिल्लो पटक २०७८ मा महाधिवेशनमा हारेपछि कमल थापाले राप्रपा छाडेको घोषणा गरेका थिए । २०७८ मंसिर २५ गते हेटौंडा पुगेर उनले भारी मनका साथ राप्रपा छाडेको बताएका थिए ।

Thapa, who was separated after losing the presidency, reunites with Lingden with a hug.पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । उनले पुन: पुरानै दल राप्रपा, नेपाल ब्युँताएका हुन् । महाधिवेशनमा लिङ्देनले १ हजार ८ सय ४४ मत ल्याएका थिए । थापाले भने १ हजार ६ सय १७ मत प्राप्त गरेका थिए ।

थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाएका थिए ।

त्यसअघि २०७६ सालमा राप्रपा थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीले एकताको घोषणा गरेका थिए । ०७५ कात्तिकमा दुई राप्रपाको एकता प्रक्रिया फेरि सुरु भयो । त्यसअघि २०७३ मंसिरमा एकीकरण भएको राप्रपा २०७४ को साउनमा विभाजित भएको थियो ।

०७४ साउनमा सरकार प्रवेशको विषयमा मतभेद भएपछि राप्रपा अध्यक्ष थापा र वरिष्ठ नेता राणाबीच विवाद बढ्यो र राणाले पार्टी फुटाएर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका थिए ।

Thapa, who was separated after losing the presidency, reunites with Lingden with a hug.

कान्तिपुर

Link copied successfully