काठमाडौं निर्वाचन क्षेत्र नं. ८/९ बाट पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुमन सायमीलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।
काठमाडौँ — आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौं जिल्ला समितिले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
पार्टीको जिल्ला समिति बैठकले काठमाडौं निर्वाचन क्षेत्र नं. ८/९ बाट पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुमन सायमीलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ । त्यस्तै, काठमाडौं–७ बाट पार्टीका केन्द्रीय प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
पार्टीको नीति, सिद्धान्त र जनभावनालाई कदर गर्दै उनीहरूलाई योग्य उम्मेदवारका रूपमा अघि सारिएको जिल्ला समितिले जनाएको छ ।
काठमाडौं जिल्ला समितिले सिफारिस गरिएका नामहरूमाथि आवश्यक निर्णय लिन र चुनावी प्रक्रियालाई अगाडि बढाउन पार्टीको केन्द्रीय कार्यालयलाई आग्रह गरेको छ ।
