नुवाकोट-१ मा नेपाली कम्युनिस्ट पार्टीबाट हितबहादुर तामाङ एकल उम्मेदवार सिफारिस

पूर्वमन्त्री तामाङलाई फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Hit Bahadur Tamang recommended as sole candidate from Nepali Communist Party in Nuwakot-1

नुवाकोट — नुवाकोट संघीय निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीबाट हितबहादुर तामाङ एकल उम्मेदवार सिफारिस भएका छन् । 

नेकपा नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को उम्मेदवार छनोट सिफारिस बैठकले बुधबार पूर्वमन्त्री तामाङलाई फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । 

तामाङ नुवाकोट १ बाट लगातार दुई पटक निर्वाचित नेता हुन् । उनले २०७९ को निर्वाचतमा एमालेका उम्मेदवार बद्री मैनालीलाई र २०७४ सालमा कांग्रेस उम्मेदवार रामशरण महतलाई पराजित गरेर विजयी बनेका थिए ।

नुवाकोट पञ्चकन्या ३ घलेभन्ज्याङमा जन्मिएका तामाङ लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय छन् । उनी दुई पटक मन्त्री बनिसकेका छन् । तामाङले युवा तथा खेलकुद र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छोटो अवधि जिम्मेवारी सम्हालिसकेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully