उनेपा र सपाबीच चुनावी एकता

दुवै पार्टीले आपसी सहमतिका आधारमा उज्यालो नेपाल पार्टीको चुनाव चिह्न 'बलेको चिम' लिएर संयुक्त रूपमा चुनावमा जाने निर्णय गरेका हुन् ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Election unity between UNEP and SP

What you should know

काठमाडौँ — उज्यालो नेपाल पार्टी(उनेपा) र सर्वोदय पार्टी(सपा)बीच चुनावी एकता भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई दलबीच चुनावी एकता भएको घोषणा गरिएको हो। 

दुवै पार्टीले आपसी सहमतिका आधारमा उज्यालो नेपाल पार्टीको चुनाव चिह्न 'बलेको चिम' लिएर संयुक्त रूपमा चुनावमा जाने निर्णय गरेका हुन् । 

उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र सपाका अध्यक्ष दीपककुमार साहबीच चुनावी एकताको सहमति भएको हो । ऊर्जामन्त्री कुलमान घिसिङसमेत संरक्षक रहेको दाबी गरिएको उनेपा गत मंसिर १७ मा घोषणा भएको थियो  ।

Election unity between UNEP and SPत्यस्तै जनमत पार्टी विभाजन भई दीपककुमार साहले जनस्वराज पार्टी बनाएका थिए । त्यही पार्टी पछि निर्वाचन आयोगमा सर्वोदय पार्टीका रूपमा दर्ता भएको हो । 

यस्तो छ उनेपा र सपाबीचको सहमति

कान्तिपुर

Link copied successfully