काठमाडौं-५ र बाँके-२ बाट कमल थापाको नाम सिफारिस

२०७९ मा एमालेको चुनाव चिह्नबाट उम्मेदवार बनेका थापा मकवानपुर-१ मा तेस्रो स्थानमा आएका थिए ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Kamal Thapa's name recommended from Kathmandu-5 and Banke-2

काठमाडौँ — राप्रपा, नेपालका  पार्टी अध्यक्ष कमल थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ र बाँके २ बाट सिफारिस गरिएको छ ।

राप्रपा नेपाल काठमाडौं-५ को आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले थापाको एकल नाम सिफारिस गरेको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए । 

बैठकले समानुपातिकमा जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस गरेको छ ।

यसैगरी बाँके निर्वाचन क्षेत्र नं २ बाट पनि थापाको नाम सर्वसम्मत सिफारिस भएको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

पार्टीका क्षेत्रीय कार्यसमितिले देशभरिबाट  उम्मेदवारको नाम सिफारिस गरेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ । 

२०७९ मा एमालेको चुनाव चिह्नबाट उम्मेदवार बनेका थापा मकवानपुर-१ मा तेस्रो स्थानमा आएका थिए । मकवानपुर-१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका थिए । सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् ।

थापाले २५ हजार ४२० मत प्राप्त गरे । राप्रपा हेटौंडामा २८ वर्षपछि विजयी भएको थियो । २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी भएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully