शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरूसँग सघन संवाद जरुरी : नेकपा

प्रतिनिधसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीले सबै राजनीतिक दलहरूसँग संवाद गरिरहेको पनि नेता पुनको भनाइ छ ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Intensive dialogue with political parties necessary for peaceful elections: NCP

काठमाडौँ — नेकपाले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहर"सँग कुरा गर्दै नेता वर्षमान पुनले यस्तो आग्रह गरिएको बताए । उनले सरकारद्वारा गठित संवाद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको पनि बताए ।

मंगलबार सञ्चारमन्त्री जगदीश खरेल र कानुनमन्त्री अनिलकुमार सिन्हाले पार्टी कार्यालय अनुगमनका क्रममा नेकपाका संयोजक पुष्पकमल दाहाललगायतका नेताहरूसँग कुराकानी गरेका थिए । भेटका क्रममा मन्त्रीहरूले पनि संयोजक दाहाललाई राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउन पहल गरिदिनसमेत आग्रह गरेको नेता पुनले बताए । 

'भेटमा संयोजक प्रचण्डले जति सकिन्छ जनताको तहमा राजनीतिक दलहरूसँग संवाद गरेर शान्तिपूर्ण रूपले चुनावमा सहभागी हुने वातावरण बनाउनुहोस् भन्ने आग्रह गर्नुभयो,' पुनले भने । 

प्रतिनिधसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीले सबै राजनीतिक दलहरूसँग संवाद गरिरहेको पनि पुनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully