महाराजगञ्जमा ओली-देउवा भेटवार्ता 

११औँ महाधिवेशनबाट तेश्रो पटक एमाले अध्यक्ष बनेका ओली महासचिव शंकर पोखरेललाई साथै लिएर देउवा निवास पुगेका हुन्।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Oli-Deuba meeting in Maharajgunj

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

११औँ महाधिवेशनबाट तेश्रो पटक एमाले अध्यक्ष बनेका ओली महासचिव शंकर पोखरेललाई साथै लिएर देउवा निवास पुगेका हुन्। जेन-जी आन्दोलनमा बुढानीलकण्ठको घर जलेर क्षतिग्रस्त भएपछि देउवा महाराजगञ्जमा बस्दै आएका छन्। भेटमा कांग्रेस नेता आरजु देउवा राणा पनि सहभागी थिइन्। 

चुनावको मिति नजिकिँदै गर्दा कांग्रेस-एमालेले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा दिएको रिटका विषयमा चर्चा भइरहेका बेला भएको ओली-देउवाबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ। यसअघि मंसिर १० गते पनि एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए । 

कान्तिपुर

Link copied successfully