फागुन २१ को चुनाव तलमाथि भए देश अनिश्चयतिर जान्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले अहिलेको सरकारले आफूलाई प्राप्त निश्चित समय पूरा गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेर बिदा हुने विश्वास व्यक्त गरे।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

If the Falgun 21 election is up and down, the country will be headed towards uncertainty: President Poudel

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ को चुनाव तलमाथि भए देश थप अनिश्चयतिर जाने जोखिम रहेको बताएका छन्।

सोमबार मानव अधिकार तथा शान्ति समाजका प्रतिनिधिमण्डलसँगको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। 

'मुलुकमा अब खेलवाड गरिरहने अवस्था छैन, फागुन २१ गतेको चुनाव तलमाथि भयो भने देश अनिश्चय तिर जान्छ। त्यही भएर फागुन २१ को चुनाव सफल पार्नु सबै नेपालीको दायित्व हो,' राष्ट्रपति पौडेलको भनाइ छ। उनले यो सरकारले आफूलाई प्राप्त निश्चित समय पूरा गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गरेर बिदा हुनुपर्ने बताए।

शान्ति समाजले राष्ट्रपति पौडेललाई  घोषित मितिमै निर्वाचन सम्पन्न भई लोकतन्त्र लयमा फर्किने वातावरण तय गर्न ध्यानाकर्षण गराएको छ। 

प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, सभापति  रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल लगायत प्रतिनिधिहरू सहभागी थिए।

कान्तिपुर

Link copied successfully