फागुन २१ गते चुनाव हुनैपर्छ : महामन्त्री थापा

१५औं महाधिवेशनमा कांग्रेस सभापतिमा उठ्ने र बन्ने पनि महामन्त्री थापाको दाबी

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Elections must be held on Falgun 21: General Secretary Thapa

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले फागुन २१ गते चुनाव हुनैपर्ने बताएका छन् । सोमबार बिहान काठमाडौंमा आयोजित एक भेलमा महामन्त्री थापाले कुनै पनि हालतमा चुनाव हुनुपर्ने बताएका हुन् । 

'फागुन २१ गते चुनाव हुन आवश्यक छ, संविधान ट्य्राकबाहिर, लिकबाहिर गएको छ । त्यसलाई ट्य्राकमा ल्याउन पनि चुनाव चाहिन्छ,' उनले भने । त्यस्तै नतिजा के आउँछ भन्ने कुराको पूर्वानुमान गरेर पार्टीहरू अलमलिन नहुने पनि महामन्त्री थापाको भनाइ छ । उनले अगाडि भने, 'कांग्रेसको अनुकूल हुन्छ वा प्रतिकूल हुन्छ भन्ने कुरामा अड्किनु हुँदैन । चुनावको नतिजा हामीअनुकूल बनाउन हामीले गर्नुपर्ने काम हो ।'

चुनाव भएर मात्र सबै समस्याको समाधान नहुने पनि उनको भनाइ छ । नेपालमा संस्थाहरूमा भएको दलीयकरण र भ्रष्टीकरण जरैबाट हटाउनुपर्ने उनले बताए । 'चुनावले मात्र समस्या समाधान हुन्छ त ? पार्लियामेन्ट अस्ति पनि थियो । पार्लियामेन्टबाटै बनेको सरकार त अस्ति पनि थियो त। अहिले समाजको गहिरो असन्तोष भनेको कुरा कुशासन हो । अब नेपाललाई कुशासनबाट बाहिर निकाल्छु भनेर अगाडि बढ्नुपर्छ । त्यसका लागि क्षमा माग्दै अगाडि बढ्नुपर्नेछ । संस्थाहरूको दलीयकरण नगर्ने मात्र होइन रोक्नुपर्छ। यी संस्थाहरूको पवित्रतालाई कायम राख्न कांग्रेसले काम गर्नुपर्छ,' उनले भने । 

कांग्रेसको महाधिवेशन पार्टीको आन्तरिक विषय मात्र नभएको उनले बताए । १५औं महाधिवेशनमा सभापतिका लागि लड्ने र सभापति हुने पनि उनले दाबी गरे । 

कान्तिपुर

Link copied successfully