सबैतिर निर्वाचनको वातावरण छाएको छ : सञ्चारमन्त्री खरेल

मन्त्री खरेलले आफूले १०० दिनको अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको दाबी गरे।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Election atmosphere is prevailing everywhere: Communications Minister Kharel

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिँगै मुलुक निर्वाचन होमिएको दाबी गरेका छन्। ठूला राजनीतिक दलले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाइरहेका बेला मन्त्री खरेलले यस्तो बताएका हुन्।

आइतबार सिंहदरबारमा आफूले सय दिनमा सम्पादन गरेका कामहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको बताए। उनले सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको जिकिर समेत गरे। सञ्चारमन्त्री खरेलले सरकार जेन–जी आन्दोलनको मर्मअनुसार अघि बढेको जिकिर गरे। 

उनले भने, ‘मुलुक अहिले चुनावमा होमिसकेको अवस्था छ । सबै राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर अहिले चुनावको वातावरण छाएको छ । र आगामी फागुन २१ मा चुनाव हुने वातावरण बनिरहेको छ । त्यसको साथै सुशासनलाई आत्मासात गर्दै सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले कामहरु अघि बढाएको छ । सरकार समग्रमा यो नागरिक सरकार भएको कारणले जेन–जी आन्दोलनको मर्म अनुसार अघि बढेको म जानकारी गराउन चाहन्छु ।’

मन्त्री खरेलले आफूले सय दिनको अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको समेत दाबी गरे। 

कान्तिपुर

Link copied successfully