अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् ।
काठमाडौँ — नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन बिहीबार सम्पन्न भएको छ ।
भक्तपुरको सल्लाघारीमा गत मंसिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मंसिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको बिहीबार औपचारिक समापन भएको हो । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरेका थिए ।
अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका थिए ।
आयोगका अध्यक्ष सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले शपथ लिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराए ।
![New leadership elected from UML's 11th general convention, who got how many votes? [With list]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/uml-final-result-18122025013631-1000x0.jpg&w=1001&h=0)