महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन्।
काठमाडौँ — बिहान झन्डै १० बजेदेखि सुरु भएको एमाले महाधिवेशनको मतदानमा राति साढे ११ बजेसम्म १ हजार ४ सय ३० मत खसेको छ ।
निर्वाचन प्राविधिक लक्ष्मण रिमालका अनुसार यसै गतिमा मतदान हुने हो भने बिहीबार बिहान ६ बजेसम्म मतदान सम्पन्न हुने अनुमान छ । एक जनाले केन्द्रीय सदस्य ३ सय १ र दुई आयोगका ३१ गरी ३ सय ३२ जनालाई मतदान गर्नुपर्ने भएकाले पनि समय लागेको उनले बताए ।
मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन्। महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन्। एमालेले राति १० बजेसम्म मतदान सक्ने बताए पनि यही रफ्तारमा मतदान जारी रहे तोकिएको समयमै सकिनेमा शंका छ।
महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ उम्मेदवारी परेका छन्। पदाधिकारीतर्फ अध्यक्ष (१) पदमा २, उपाध्यक्ष (५) पदमा ११, महासचिव (१) पदमा २, उपमहासचिव (३) पदमा ७ र सचिव (९) पदमा २० जनाले उम्मेदवारी दिएका छन्।
