एमाले अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले बाँड्यो उम्मेदवारको सूची

एमालेको नयाँ नेतृत्वका लागि ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।   

पुस १, २०८२

कान्तिपुर संवाददाता

UML presidential candidate KP Sharma Oli's faction shares list of candidates

काठमाडौँ — एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार राति हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले उम्मेदवारको सूची बाँडेको छ । एमालेको नयाँ नेतृत्वकाका ला ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।   

एमालेको चुनावमा ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् ।

एमाले महाधिवेशन भृकुटीमण्डप काठमाडौंमा जारी छ । उद्घाटन भने भक्तपुरको सल्लाघारीमा शनिबार गरिएको थियो । 

ओली पक्षबाट को को बने उम्मेदवार ? 

UML presidential candidate KP Sharma Oli's faction shares list of candidates

UML presidential candidate KP Sharma Oli's faction shares list of candidates

कान्तिपुर

Link copied successfully