एमाले महाधिवेशन : यस्तो छ ईश्वर पोखरेल पक्षका उम्मेदवारको सूची

अध्यक्षका दाबेदार केपी शर्मा ओली, ईश्वर पोखरेललगायतका नेता मतदानस्थल पुगेका छन् ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

UML General Convention: This is the list of candidates from Ishwor Pokharel's party.

काठमाडौँ — एमालेको जारी ११ औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्षका दाबेदार ईश्वर पोखरेल पक्षले अन्तिम उम्मेदवारको सूची सार्वजनिक गरेको छ । 

सूचीअनुसार अध्यक्षमा पोखरेल, उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, विन्दा पाण्डे, परशुराम मेघी गुरुङ, महासचिवमा सुरेन्द्रप्रसाद पाण्डे, उपमहासचिवहरुमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, वैजनाथ चौधरी उम्मेदवार छन् । 

यस्तै सचिवहरुमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का, विनोद ढकाल छन् । 

एमालेको नयाँ नेतृत्वका लागि केहीबेरपछि भृकुटीमण्डपमा मतदान सुरु हुँदैछ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लामबद्ध छन् । ७ बजेदेखि सुरु हुने भनिएको मतदान अझै सुरु भएको छैन । 

अध्यक्षका दाबेदार केपी शर्मा ओली, ईश्वर पोखरेललगायतका नेता मतदानस्थल पुगेका छन् । 

UML General Convention: This is the list of candidates from Ishwor Pokharel's party.

UML General Convention: This is the list of candidates from Ishwor Pokharel's party.

कान्तिपुर

Link copied successfully