एमाले महाधिवेशन : निर्वाचन कार्यतालिका फेरि हेरफेर

यसअघि उम्मेदवारको अन्तिम नामावली ८ बजे प्रकाशन गर्ने भनिए पनि सोमबार राति साढे ९ सम्मका लागि सारिएको छ ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

UML General Convention: Election schedule changed again

काठमाडौँ — एमालेको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रम पुन: संशोधन भएको छ । महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनदेखि मतदानसम्मका कार्यक्रम परिवर्तन भएको छ ।

यसअघि उम्मेदवारको अन्तिम नामावली ८ बजे प्रकाशन गर्ने भनिए पनि सोमबार राति साढे ९ सम्मका लागि सारिएको छ । त्यस्तै मतदान मंगलबार दिउँसो १ बजेदेखि ७ बजेसम्म गरिने जनाइएको छ । 

यसअघि मतदानको समय मंगलबार बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्मका लागि तोकिएको थियो ।

महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

मतदान विद्युतीय भोटिङ मेसिनबाट हुनेछ । यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।

UML General Convention: Election schedule changed again

कान्तिपुर

Link copied successfully