सरकारले गठन गर्यो, उच्चस्तरीय राजनीतिक संवाद समिति

सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा यस्तो समिति गठन गरेको हो ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

The government has formed a high-level political dialogue committee.

काठमाडौँ — सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा यस्तो समिति गठन गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताए ।

सरकारले गठन गरेको उक्त समितिको सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।

आजै बसेको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully