उनले जेन-जी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरूको पक्ष लिन नसकिने पनि उल्लेख गर्दै महाधिवेशनमा नेतृत्व चयनको प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताइन्।
काठमाडौँ — एमाले नेतृ रामकुमारी झाँक्रीले पार्टीका नेता, कार्यकर्ता र पंक्तिको प्रमुख दायित्व केपी शर्मा ओलीको संरक्षण गर्नु भएको बताएकी छिन्।
सोमबार भृकुटीमण्डपमा जारी पार्टी महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले देशी–विदेशी अदृश्य शक्तिहरू ओलीमाथि आक्रमण गरिरहेकाले पार्टीले नेता र कार्यकर्ताले उहाँको सुरक्षा सुनिश्चित गर्नु पर्ने तर्क गरिन्।
नेतृ झाँक्रीले जेन-जी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरूको पक्ष लिन नसकिने पनि उल्लेख गर्दै महाधिवेशनमा नेतृत्व चयनको प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताइन्।
सम्बन्धित समाचार
रामकुमारी झाँक्री : जनआन्दोलनकी ‘पोस्टर गर्ल’, एमाले विद्रोहकी बिम्ब [भिडियो]
