ओली टीम : पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?

उपाध्यक्षमा विष्णु पौडेल, रामहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाइएको छ। महासचिवमा शंकर पोखरेल दोहोरिएका छन्।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Oli Team: Who is the candidate, from office bearers to central members?

काठमाडौँ — एमालेको ११औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षले उम्मेदवारको टुंगो लगाएको छ। अध्यक्षमा केपी शर्मा ओलीसहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरूको टुंगो लगाएको हो।

ओलीनिकट स्रोतका अनुसार उपाध्यक्षहरुमा विष्णु पौडेल, रामहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाइएको छ। महासचिवमा शंकर पोखरेल दोहोरिएका छन्।

त्यस्तै, उपमहासचिवमा रघुबीर महासेठ, भानुभक्त ढकाल र विष्णु रिमाल तथा सचिवमा लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार भएका छन् ।

कान्तिपुर

Link copied successfully