२२ सय ६५ प्रतिनिधि छान्नका लागि हालसम्म १६ सय फारम वितरण भइसकेको छ।
काठमाडौँ — नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ। निर्वाचन आयोगका अनुसार २२ सय ६५ प्रतिनिधि छान्नका लागि हालसम्म १३ सय* फारम वितरण भइसकेको छ।
संशोधित कार्यतालिकाअनुसार दरखास्त दर्ता सम्पन्न भएपछि आजै दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । प्रारम्भिक नामावलीप्रति उजुरी दिने समय दिउँसो ४ देखि ४:३० बजेसम्म तोकिएको छ । उजुरी उपर छानबिन र निर्णय साँझ ५ बजेसम्म सम्पन्न गरिनेछ भने उम्मेदवारको नाम फिर्ता साँझ ५ देखि ६ बजेसम्म गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारको अन्तिम नामावली बेलुका ६:३० बजेसम्म प्रकाशन गरिनेछ ।
*सच्याइएको ।
