अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी निर्णय गरेको विधान संशोधन प्रस्ताव बन्दसत्रमा प्रस्तुत गरेका थिए । महाधिवेशन प्रतिनिधिले विधान अनुमोदन गरेका थिए ।
काठमाडौँ — एमाले महाधिवेशनको बन्द सत्रले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउन संशोधित विधान पारित गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी निर्णय गरेको विधान संशोधन प्रस्ताव बन्दसत्रमा प्रस्तुत गरेका थिए । महाधिवेशन प्रतिनिधिले विधान अनुमोदन गरेका थिए ।
बन्दसत्रमा अध्यक्ष ओलीले विधान संशोधन गरी धेरै नेतालाई जिम्मेवारी दिनुपर्ने आवश्यक भएको बताएका थिए । त्यसको विरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान छिटो संशोधन गरिरहने दस्तावेज नभएको धारणा राखेका थिए ।
उनले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्नु गलत भएको बताएका थिए । त्यस्तै उनले पार्टी जीवनको लोकतन्त्र, नेताहरुको कार्यशैली, फरक मतलाई गर्नुपर्ने व्यवहार समेटिएको अवधारणापत्र प्रस्तुत गरेका थिए ।
सोमबार बिहानदेखि निर्वाचन प्रक्रिया सुरु हुने एमालेले जनाएको छ ।