विधान संशोधन गर्दा थप जटिलता आउने भएकाले त्यतातिर जान नहुने उनको भनाइ छ ।
काठमाडौँ — एमाले उपाध्यक्ष युवराज ज्ञवालीले विधान संशोधनको विषय गर्न नहुने बताएका छन् ।
केन्द्रीय कमिटी बैठकमा उनले विधान संशोधन गर्न नहुने बताएका हुन् ।
विधान संशोधन गर्दा थप जटिलता आउने भएकाले त्यतातिर जान नहुने उनको भनाइ छ । यस्तै उनले आफू ७० पुगेकाले फेरि नेतृत्वका लागि चुनावमा नउठ्ने बताएका छन् ।
तर उनले आफू पार्टीमा भने सक्रिय रहने उल्लेख गरेका छन् ।
