उद्घाटन समारोहमा सहभागी हुन एमाले समर्थक, पर्यवेक्षक, महाधिवेशन प्रतिनिधिहरु भेला हुन थालिसकेका छन् ।
काठमाडौँ — एमाले ११औं महाधिवेशन उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा चहलपहल सुरु भएको छ ।
उद्घाटन समारोहमा सहभागी हुन एमाले समर्थक, पर्यवेक्षक, महाधिवेशन प्रतिनिधिहरु भेला हुन थालिसकेका छन् ।
महाधिवेशन सुरक्षाका लागि १० हजार स्वयंसेजक र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सभास्थल प्रवेश गर्न ‘मेटल डिडेक्टर’ लगाएर सुरक्षा जाँच भइरहेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले १२ बजे महाधिवेशनको कार्यक्रम उद्घाटन गर्न कार्यक्रम रहेको छ । एमालेले अहिलेसम्मकै ठूलो सभा गर्ने गर्ने दाबी गरेको छ । उसले देशभरबाट गाडी रिजर्भगरी कार्यकर्तालाई काठमाडौंमा उतारेको छ ।
महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डीपी अर्याल, राप्रपा अध्यक्ष राजेनद्र लिङ्देन, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादबलगायत नेताहरुले शुभकामना दिने कार्यक्रम रहेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल भने पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्न सुर्खेत पुगेका छन् । उनलाई अध्यक्ष ओलीले टेलिफोन गरी अतिथिका रुपमा निम्त्याएका थिए ।
‘सुर्खेतको एकता सन्देशसभा र एमाले महाधिवेशन उद्घाटन जुधेकाले अध्यक्ष भ्याउन गाह्रो छ’ दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने ।
