सत्तामा रहँदा सुरक्षाका लागि राज्यका पुरै संयन्त्रमा भर पर्नु गल्ती : ओली

उनले दुर्घटना नहोस भनेर आफु वालुवाटारबाट सरेको मात्रै बताए। उनले भने, 'बच्चाबच्चीहरुले भाग्यो भाग्यो भन्दा भागेको जस्तो गरिदिनुपर्छ। बच्चाबच्ची खुशी हुन्छन क्या ।'

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Relying on the entire state machinery for security while in power is a mistake: Oli

What you should know

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु सत्तामा रहँदा सुरक्षाका लागि राज्यका पुरै संयन्त्रमा भर पर्नु गल्ती भएको बताएका छन्। बिहीवार कोटेश्वरमा आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले भने, हामीले एउटा कमी कमजोरी गरेका थियौं। हामी सुरक्षाको मामिलामा राज्यका पुरै संयन्त्रमा भर परेका थियौं। कमजोरी त्यहीँनेर भयो।

उनले जनताले आफ्नो सुरक्षा आफैले पनि गर्नुपर्ने बताउँदै हाम्रो घर जल्दा राज्य कहाँ थियो भनेर प्रश्न गरे। उनले भने, 'अब एमालेले बदलिएको परिस्थितीमा यहाँहरुको घर पनि तुरुन्तै केही भयो भने तुरुन्तै खबर पाउ, हामी सुरक्षा गर्छौं ।' उनले एमालेले आफ्नो मात्रै नभएर देशकै रक्षा गर्ने दाबी गरे।

जेन-जी विद्रोहपछि कतिपयले आफुलाइ भागेको भनेर आरोप लगाइएको बताउँदै उनले यसबारे पनि बोले । उनले आफु कहाँ भागे भनेर प्रश्न गर्दै आफु बसेको ठाउँमा राष्ट्रपति र प्रधानसेनापतीसँग कुराकानी भएको बताउँदै के त्यो भागेको हो भनेर प्रतिप्रश्न गरे। उनले दुर्घटना नहोस भनेर आफु वालुवाटारबाट सरेको मात्रै बताए। उनले भने, 'बच्चाबच्चीहरुले भाग्यो भाग्यो भन्दा भागेको जस्तो गरिदिनुपर्छ। बच्चाबच्ची खुशी हुन्छन क्या।' अरुको ज्यान बचाउन आफुहरुले मुकाम परिवर्तन गरेको तर्क गरे।

उनले जेन-जी विद्रोहपछि नि आफु केयरटेकरको हैसियतमा रहेको र राजनीतिक संवादमै रहेकाले भागेको भन्ने टिप्पणीमा प्रतिवाद गरेका छन्। उनले  भने, 'म नभागेको भए के गर्नुहुन्थ्यो। के गर्ने मन थियो। जेन-जी नेताहरुलाई सोध्छु।'

उनले एमाले खासै नबदलिएको बताउँदै एमाले पहिलेजस्तै देशप्रति निष्ठाबान गरेको तर्क गरे। उनले एमाले अझ शसक्त भएर अघि वढने पनि बताए।


कान्तिपुर

Link copied successfully