भक्तपुर-२ मा कांग्रेसबाट उम्मेदवारका लागि ८ जनाको नाम सिफारिस

एक जनाको नाममा सर्वसम्मत हुन नसकेपछि आकांक्षी ८ जनाकै नाम सिफारिस गरेर पठाउने निर्णय गरिएको क्षेत्रीय सभापति भेषबहादुर कार्कीले जानकारी दिए ।

मंसिर २५, २०८२

सुन्दर शिल्पकार

8 names recommended for Congress candidate in Bhaktapur-2

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर क्षेत्र.नं २ बाट उम्मेदवारका लागि कांग्रेसले ८ जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेस भक्तपुर क्षेत्र.नं २ को बैठकले एक जनाको नाममा सर्वसम्मत हुन नसकेपछि आकांक्षी ८ जनाकै नाम सिफारिस गरेर पठाउने निर्णय गरेको क्षेत्रीय सभापति भेषबहादुर कार्कीले जानकारी दिए ।

भक्तपुर क्षेत्र.नं २ का लागि जिल्ला सभापति एवं निवर्तमान प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, जिल्ला सदस्य कबिर राणा, महाधिवेशन प्रतिनिधि अष्टकुमार कवे, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, महासमिति सदस्य राजनकाजी त्वाँती, महासमिति सदस्य उद्धव सिलवाल, महाधिवेशन प्रतिनिधि सन्तोष भट्टराई र क्षेत्रीय सचिव सविन ढुंगेलको नाम सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय सभापति कार्कीले बताए ।

दुर्लभ थापा १३ औ र १४ महाधिवेशनमा २ पटक निर्वाचित भएका भक्तपुर जिल्ला सभापति हुन्। यस्तै २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र.नं २ बाट निर्वाचित भएका थिए । यस्तै, समानुपातिकतर्फ पूर्व जिल्ला सभापति गणेश चक्रधर, मध्यपुरथिमि नगरपालिकाका पूर्व उपप्रमुख मुरारी आचार्य, सन्तोष कोचर र महिलातर्फ महासमिति सदस्य तथा मध्यपुरथिमिका पूर्व उपप्रमुख अन्जना मधिकर्मीलाई सिफारिस गरिएको क्षेत्रीय सभापति कार्कीले जनाकारी दिए ।

सुन्दर

Link copied successfully