कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई बुधबार मनोनयन गरेका हुन् ।

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

Joint General Secretary Yadav to coordinate NC's active membership investigation committee

काठमाडौँ — कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई बुधबार मनोनयन गरेका हुन् । 

समितिको सदस्यमा शिवप्रसाद हुमागाइँ, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कावा सभापति खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार उक्त समिति गठन गर्नुभएको मुख्यसचिव पौडेलले बताए ।

समितिले ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ बाट सहमति भई आएको क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यतासम्बन्धी आएका उजुरी उपर छानबिन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को अन्तिम सूची तयार गर्नेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully