ईश्वरको प्रश्न : पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ?

विद्या भण्डारीको पार्टी सदस्यतालाई यत्रो एजेन्डाका रूपमा उठाउन पर्ने विषय नै नरहेको पनि उनको भनाइ छ ।

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

God's question: Why not give party membership to former President Bhandari?

काठमाडौँ — एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सदस्यता दिन रोक्न नहुने बताएका छन् । काठमाडौंमा बुधबार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको बताएका हुन् ।

विद्या भण्डारीको पार्टी सदस्यतालाई यत्रो एजेन्डाका रूपमा उठाउन पर्ने विषय नै नरहेको पनि उनको भनाइ छ । 

‘केन्द्रले निर्णय गरे पनि यो एजेन्डा यो हाइटमा उठाउन पर्ने विषय नै थिएन । तर अब यो एजेन्डा आउने दिनका लागि पनि ओपन भयो, ओपन छ, ओपन रहेनछ,’पोखरेलले भने । 

अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका बारेमा आफूले पश्न उठाउँदै आएको पनि उनको दाबी छ । पार्टीभित्र जबजका बारेमा कुनै मतभिन्नता नरहे पनि कार्यशैलीभित्र भने व्यापक मतभिन्नता रहेको समेत उनले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully