प्रतिनिधिसभा निर्वाचन : कांग्रेसमा झापा-१ बाट महामन्त्री शर्मा सर्वसम्मत सिफारिस

महामन्त्री शर्मा २०७९ को निर्वाचनमा पनि झापा-१ बाट नै निर्वाचित भएका थिए । उनले नेकपा एमालेका नेता अग्नि खरेललाई १४ हजार बढी मतले हराएका थिए ।

मंसिर २३, २०८२

नवराज सुवेदी

House of Representatives election: General Secretary Sharma unanimously recommended for Congress from Jhapa-1

झापा — २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ । कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले सर्वसम्मत रूपमा शर्माको एकल नाम सिफारिस गरेको जानकारी दिए ।

केन्द्रीय समितिले क्षेत्रीय समितिलाई उमेदवारको नाम सिफारिस गर्न भनेको थियो । ‘सोहीअनुरूप क्षेत्रले सर्वसम्मत रूपमा महामन्त्री शर्माको एकल नाम सिफारिस गरेको हो । सो नाम जिल्ला कार्यसमिति हुँदै केन्द्रमा पुग्नेछ । हामीले केन्द्रलाई सिफारिस गरेका हौँ,’ सभापति बुढाथोकीले भने ।

महामन्त्री शर्मा २०७९ को निर्वाचनमा पनि झापा-१ बाट नै निर्वाचित भएका थिए । उनले नेकपा एमालेका नेता अग्नि खरेललाई १४ हजार बढी मतले हराएका थिए ।

नवराज

Link copied successfully