सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी

कावा प्रमुख आयुक्त भण्डारीले फागुन २१को प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले गरिरहेको तयारीबारे जानकारी गराएका थिए ।

मंसिर १९, २०८२

कान्तिपुर संवाददाता

Leaders of major political parties participate in all-party meeting

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बोलाएकी थिइन् । 

बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा, पुष्पा भुसाल, एमालेबाट महासचिव शंखर पोखरेल, महेश बर्तौला, नेकपाबाट शक्ति बस्नेत, प्रकाश ज्वाला,  रास्वपाबाट सोविता गौतम र शिशिर खनाल छन् । 

यस्तै राप्रपाबाट भुवन पाठक र राजेन्द्र गुरुङ, जसपा नेपालबाट प्रकाश अधिकारी, जनमतबाट नरेन्द्र चौधरी सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल छन् भने निर्वाचन आयोगका कावा प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु जानकीकुमारी तुलाधर र सगुन शम्शेर राणा उपस्थित छन् । 

छलफलमा चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति छ । प्रारम्भमा कावा प्रमुख आयुक्त भण्डारीले फागुन २१को प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले गरिरहेको तयारीबारे जानकारी गराएका थिए ।

कान्तिपुर

Link copied successfully