ओली कुटी निर्माणका लागि नेता महेश बस्नेतले अगुवाइ गरेका छन् ।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुन्डुमा निवास निर्माणका लागि शिलान्यास भएको छ । ओली पत्नी राधिका शाक्यले ‘ओली कुटी’ निर्माणका लागि बिहीबार शिलान्यास गरेकी छन् ।
भदौ २४ मा बालकोटस्थित निवास आगजनी र तोडफोड भएको थियो । जेन-जी आन्दोलनका कारण सरकार विस्थापित भएपछि ओली गुन्डु बस्दै आएका छन् । ओली कुटी निर्माणका लागि नेता महेश बस्नेतले अगुवाइ गरेका छन् ।
‘ओली कुटीका लागि गुन्डुवासीको तर्फबाट जग्गा व्यवस्थापन भएको छ,’ बस्नेतले भने, ‘अध्यक्ष निवास चन्दा नउठाई भक्तपुरबासीको तर्फबाट निर्माण हुनेछ ।’ उनले १ वर्षभित्र निवास बनाउने लक्ष्य भएको बताए । ‘कसरी बनाउने भनेर सल्लाह गर्दैछौं’ उनले भने, ‘आवश्यक बजेटबारे कुराकानी हुँदैछ ।’
बालकोटस्थित ओली निवास ट्रस्ट बनाई राज्यलाई सुम्पिसकेकाले बनाउने/नबनाउने जिम्मा उसकै भएको उनको भनाइ छ ।
