एमालेको प्रतिनिधि चयनमा ईश्वर पोखरेल पक्षको आपत्ति 

पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई गुन्डुमा भेटेर आपत्ति जनाएका हुन् ।

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

Ishwar Pokharel's side objects to the selection of UML representatives

काठमाडौँ — एमालेको ईश्वर पोखरेल पक्षले धनकुटा, दाङ, ओखलढुंगालगायत जिल्लामा प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै आपत्ति जनाएको छ ।

पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई गुन्डुमा भेटेर आपत्ति जनाएका हुन् ।

‘प्रतिनिधि चयनमा विधि बाहिर आफूखुसी निर्णय गर्ने, चुनाव भएको क्षेत्रमा परिणाम रद्द गर्ने कुराको आपत्ति जनाएका छौं,’ उपाध्यक्ष पाण्डेले भने,  ‘यसले महाधिवेशनको निष्पक्षतामा प्रश्न उठ्छ भनेर ध्यानाकार्षण गराएका छौं ।’

उनले १५ जिल्लामा महाधिवेशन प्रतिनिधि चयनमा गडबडी भएको गुनासो आफूहरुलाई आएको बताए ।

कान्तिपुर

Link copied successfully