केपी ओलीकै वरिपरि गोलबद्ध हुन नमान्नुपर्ने कुनै कारण छैन : पौडेल

उनले महाधिवेशनमा पार्टीको दुई ध्रुव सकिने बताए

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

There is no reason not to rally around KP Oli: Poudel

काठमाडौँ — एमाले उपाध्यक्ष विष्णु पौडेलले ११औं महाविधेशनमा केपी शर्मा ओलीको नेतृत्वमा अघि बढ्ने बताएका छन् । उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेको सन्दर्भमा सहमति हुन सक्ने दाबी गरे ।

‘केपी शर्मा ओलीको नेतृत्वको वरिपरि एकताबद्ध लिएर जाऔँ भनेर नमान्नुपर्ने कारण देख्दिनँ । असम्भव पनि देख्दिनँ,’ बुधबार एक कार्यक्रममा उनले भने, ‘पार्टीभित्र प्रतिस्पर्धा गर्न पाइन्छ । स्वस्थ होस्, स्वस्थ प्रतिस्पर्धा होस् । नतिजा आएपछि मानेर अघि बढ्नुपर्छ ।’

उनले महाधिवेशनमा पार्टीको दुई ध्रुव सकिने बताए । ‘कोही अर्को किङमेकरको खोजी गर्ने पक्षमा छैन । यो ध्रुव २९ गतेसम्म रहन्छ ? यो ध्रुव २९ सम्म रहँदैन । सहमति र एकताका साथ सम्पन्न हुने सम्भावना देख्छु,’ उनले आफू अध्यक्ष र महासचिवको उम्मेदवार नभएको बताए, ‘म महासचिवको उम्मेदवार होइन, शक्तिशाली नेकपाको महासचिव भइसकेको व्यक्ति हो । मेरो उम्मेदवारी हुन्छ, कहाँ हुन्छ भन्ने छैन । अध्यक्षबाहेक कहीँ न कहीँ मेरो उम्मेदवारी हुन्छ ।’

कान्तिपुर

Link copied successfully