श्रम संस्कृति पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’, हप्ताको ३ दिन मात्र पढाउने 

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा पार्टी, एक व्यक्ति २ पटकभन्दा बढी चुनिन नपाउने

मंसिर १६, २०८२

एलिना राई

The basic principle of the Labor Culture Party is 'Harkism', teaching only 3 days a week

What you should know

सुनसरी — श्रम संस्कृति पार्टीको केन्द्रीय अध्यक्ष तथा धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई(साम्पाङ)ले श्रम संस्कृति पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको सार्वजनिक गरेका छन् । 

मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको अवधारणा पत्र तथा एजेन्डाहरू सार्वजनिक गर्दै पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको घोषणा गरेका हुन् ।

प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार जगतको रक्षा र उन्नति गर्न सक्ने उनले बताए । त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नुपर्ने, अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै हुन सक्ने पार्टीको अध्यक्ष तथा नगर प्रमुख राईको भनाइ छ । उनी भन्छन्, ‘श्रमबाट मात्र अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन नै ‘हर्कवाद’ हो ।’

The basic principle of the Labor Culture Party is 'Harkism', teaching only 3 days a weekत्यस्तै पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको पनि उनले बताए ।  कार्यकारी राष्ट्रपतिको एक कार्यकाल ५ वर्षको हुने र एक व्यक्ति २ पटकभन्दा बढी चुनिन नपाउने पनि पार्टीको घोषणापत्रमा उल्लेख छ । 

त्यस्तै व्यवस्थापिका संघमा २ सदनात्मक र प्रदेशमा १ सदन व्यवस्थापिका रहने जनाइएको छ । संघीय व्यवस्थापिकाअन्तर्गत राष्ट्रिय सभा सबै प्रदेशका समान प्रतिनिधित्व गर्ने गरी रहने र प्रतिनिधिसभा प्रदेशको जनसंख्याको अनुपातमा पूर्ण समानुपातिक हुनुपर्ने पार्टीको धारणा  छ ।

सबै नागरिकलाई सबैखाले विकासमा श्रमदानमार्फत सक्रिय रूपमा जोडिने, पहुँच र शक्तिको आडमा गरिने असमान र अन्यायपूर्ण विकासको वितरण अन्त्य गर्ने, काठमाडौंकेन्द्रित वा सहरकेन्द्रित विकासलाई गाउँघरकेन्द्रित बनाउने, जेन-जी लाई उत्पादन, निर्माण र आविष्कारमा लगाउने, जीवनपयोगी शिक्षा पद्दती लागू गरी हप्ताको ३ दिन मात्र पढाउने र किताबको संख्या, पाठ्यभार घटाउने व्यवस्था मिलाउने नगर प्रमुख साम्पाङले बताए ।

निर्वाहमुखी अर्थतन्त्रलाई बढावा दिँदै निर्यातमुखी अर्थतन्त्र बनाउने, आर्थिक विकासलाई केन्दमा राखेर भौतिक विकास योजना बनाउने, ५ वर्षभित्र विकासको लय निकालेर १० वर्षभित्र उद्देश्य प्राप्त गर्ने राष्ट्रिय आर्थिक कार्यक्रमहरू लागू गर्ने पनि साम्पाङको भनाइ छ । 

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully