कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी चरित्र जोगाउन नयाँ पार्टी गठन : नेता नेपाल

उनले समानता, न्याय र सुशासनका मूल्यमा आधारित राजनीतिक अभ्यास पुनः स्थापनाका लागि ‘नेपाली कम्युनिस्ट पार्टी’ जन्मिएको बताए।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

New party formed to preserve revolutionary character of communist movement: Leader Nepal

विराटनगर — नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई पुनः क्रान्तिकारी मार्गमा उभ्याउन नयाँ पार्टी गठन गरिएको स्पष्ट गरेका छन्।

उनले समानता, न्याय र सुशासनका मूल्यमा आधारित राजनीतिक अभ्यास पुनः स्थापनाका लागि ‘नेपाली कम्युनिस्ट पार्टी’ जन्मिएको बताए।

एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले भने, 'सबैले समानताको अनुभूति गरून्, जनताको पीरमर्का समाधान होस्, जनताका जीवनमा सुख–समृद्धि ल्याउन नयाँ पार्टी गठन गरेका हौँ । देशमा फैलिएका राजनीतिक विकृतिको अन्त्य हाम्रो पहिलो एजेन्डा हो ।'

नेपालले नयाँ पुस्तालाई पनि पार्टीतर्फ आकर्षण बढ्दै गएको उल्लेख गर्दै जेन–जीलाई पार्टीमा सहभागी हुन आह्वान गरे । 'यो सबैको पार्टी हो, सबै वर्ग–समुदायको साझा पार्टी हो । यसलाई अघि बढाउन सशक्त संकल्प लिनुपर्छ,' उनले भने।

आगामी चुनावलाई लक्षित गर्दै उनले पार्टीलाई देशकै ठूलो राजनीतिक शक्ति बनाएर अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे । 'आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई देशकै पहिलो शक्ति बनाउन लागिपर्नुस्,' नेपालले जोड दिए।

कान्तिपुर

Link copied successfully