विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरु, तीन पूर्वप्रधानमन्त्रीहरूको सम्बोधन

नेता हरिबोल गजुरेल भन्छन् : 'यो सामान्य एकता होइन, विश्व नै तरंगित पार्ने एकता हो।'

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

NCP's unity message rally begins in Biratnagar, addresses by three former prime ministers

विराटनगर — धनगढी, दाङ र पोखरामा सम्पन्न एकता सन्देश सभापछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार कोशी प्रदेशको राजधानी विराटनगरमा चौथो ‘पार्टी एकता सन्देश सभा’ आरम्भ गरेको छ।

सभामा पार्टीका शीर्ष नेताहरू- तीन जना पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल, साथै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, भीम रावल, राजेन्द्र श्रेष्ठलगायतका वक्ताहरूले सम्बोधन गरिरहेका छन्।

आयोजक समितिका अध्यक्ष तथा नेकपा नेता हरिबोल गजुरेलले उद्घाटन भाषणमा यस एकतालाई नेपाली राजनीतिमा निर्णायक मोड दिने घटनाका रूपमा व्याख्या गरे। उनका अनुसार, 'यो सामान्य एकता होइन, विश्व नै तरंगित पार्ने एकता हो।' उनी भन्छन्, 'रूपान्तरण भएको पार्टी अब ध्रुवीकरणको प्रक्रिया पार गर्दै देशमा वामपन्थी धारको सबभन्दा ठूलो शक्ति बनेको छ।'

गजुरेलले संविधानको रक्षा गर्दै देशलाई समाजवादतर्फ उन्मुख गराउने उद्देश्यले पार्टी एकता सन्देश सभा सञ्चालन गरिएको उल्लेख गरे। सभामा ठूलो संख्यामा पार्टी कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको छ। विराटनगरमा जारी सन्देश सभाले आगामी राजनीतिक दिशा र वाम शक्ति एकताबारे महत्त्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको नेता सरिता खड्काले जनाइन् । 

कान्तिपुर संवाददाता

Link copied successfully