विराटनगरमा नेकपाको घोषणा सभा आज, तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने

सभामा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेकपाका नेताहरुले संयुक्त रुपमा सम्वोधन गर्दैछन् ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

NCP's announcement rally in Biratnagar today, three former prime ministers to address

विराटनगर — मोरङको विराटनगरमा आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को एकता घोषणा सभा हुँदैछ। सभामा तीन जना पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेकपाका नेताहरुले संयुक्त रुपमा सम्वोधन गर्दैछन् ।

 राजनीतिक रूपमा संवेदनशील मानिएको विराटनगरमा यी शीर्ष नेताहरूले साझा मञ्चबाट देशको वर्तमान अवस्था, राष्ट्रियता, सुशासन र भ्रष्टाचारविरुद्ध सम्बोधन गर्ने जनाइएको छ।

एक नेताका अनुसार विराटनगरको गुद्री बजारमा हुने सभामा राष्ट्र र राष्ट्रियताको रक्षा, संविधान र गणतन्त्रको जगेर्ना, सुशासन र रोजगारी अभियानमा ऐक्यबद्धता,भ्रष्टाचार अन्त्यका लागि जनसहभागिता, जेन–जी आन्दोलनको आवाजलाई संस्थागत गर्दै अघि बढ्ने प्रतिवद्धतासंगै आगामी निर्वाचनको वातावरण निर्माण लगायतका मुद्दामा शीर्ष नेताहरुको सम्वोधन केन्द्रीत हुने छ।

शीर्ष नेताहरूको संयुक्त उपस्थितिलाई 'वाम एकता र राष्ट्रिय राजनीति पुनःसक्रिय हुने संकेत' का रूपमा हेरिएको छ। सभामा कोशी प्रदेशका १४ जिल्लावाटै नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने छ । 

कान्तिपुर

Link copied successfully