घनश्याम भूसाल नेकपा संयुक्तको कार्यवाहक अध्यक्ष

भूसालले जेन-जी आन्दोलनका बाबजुद पनि नेताहरूले सबक नसिकेको बताए ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Ghanshyam Bhusal, Acting Chairman of the Nepal Communist Party (NCP) United

काठमाडौँ — नेकपा संयुक्तको कार्यवाहक अध्यक्षमा घनश्याम भूसाल चयन भएका छन् । अध्यक्ष चन्द्रदेव जोशीले विशेष महाधिवेशन आयोजक समिति बैठकमा भूसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । 

सोमबार उनले पत्रकार सम्मेलनमा आफूले पार्टीको जिम्मेवारी भूसाललाई सुम्पेको बताए । कार्यवाहक अध्यक्ष भूसालले जेन-जी आन्दोलनका बाबजुद पनि नेताहरूले सबक नसिकेको बताए ।

'राजनीतिक सिक्न पर्ने थियो । भएन,' उनले भने,  'सत्ता राजनीतिको खेलले निराश गराउँदै गरे।  फेरि तिनै अनुहारहरू जस्ताको तस्तै फेरि राजनीतिमा  आएका छन्। ' 

अध्यक्ष  जोशीले पनि कम्युनिस्ट आन्दोलन दलदलमा फसेको बताए। 'आम नजरमा कम्युनिस्ट आन्दोलन अविश्वासिलो भयो । सबैलाई उही ड्याङ्‌का मूला भनिएको छ। दलदलमा फसेको कम्युनिस्टलाई निकाल्न सहज छैन । '

कान्तिपुर संवाददाता

Link copied successfully