गृहमन्त्री अर्याल र प्रसाईंबीच भेटवार्ता

प्रसाईंसँग शुक्रबार भएको वार्ता सकारात्मक भएको र छिट्टै अर्को चरणको वार्ता गर्ने समझदारी बनेको गृहमन्त्री अर्यालले बताए ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Home Minister Aryal meets with Prasai

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्याल र राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार गृह मन्त्रालयमा वार्ता भएको हो । 

प्रसाईंसँग शुक्रबार भएको वार्ता सकारात्मक भएको र छिट्टै अर्को चरणको वार्ता गर्ने समझदारी बनेको गृहमन्त्री अर्यालले बताए ।  

'उहाँहरुले पनि आफूहरु वार्ताबाटै समाधान खोज्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ,' उनले भने, 'छिट्टै अर्को चरणको वार्ता हुन्छ ।'

'उहाँको मागपत्र लियौ । छलफलमा अब प्रधानमन्त्रीसहित बस्ने सहमति भएको छ । उहाँहरुलाई शान्तिपूर्ण रुपमा आफ्ना कुरा राख्न अनुरोध गरेँ,' गृहमन्त्री अर्यालले भने । 

दुई पक्षीय वार्ता शुक्रबार साँझ साढे ५ बजेदेखि पौने ७ सम्म चलेको थियो । 

गृहमन्त्रीको सचिवालयका अनुसार प्रसाईंको समूहसँग सरकारले यसअघि दुई पटक वार्ता गरिसकेको छ ।

रहेका प्रसाईंले ७ मंसिरदेखि देशभर बन्द आह्वान गर्दै पत्राचार गरेका थिए । तर ६ मंसिरको राति अभियान र सरकारबीच बालुवाटारमा सहमतिपछि आन्दोलन फिर्ता भएको थियो  ।

प्रहरीले गत मंसिर १ गते प्रसाईंलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरेको थियो । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले प्रसाईंलाई भक्तपुरको ठिमीस्थित निवासबाट मध्यरातमा पक्राउ गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully