रास्वपा प्रवेश गर्दै पूर्वएआईजी पोखरेल

ओखलढुंगाबाट सर्वसम्मत उम्मेदवार हुने गरी आफू रास्वपाको सक्रिय राजनीतिमा प्रवेश गरेको उनको भनाइ छ ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Former AIG Pokharel joining Rashtriya Swayamsevak Sangh (RSS)

काठमाडौँ — पूर्वएआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन् । आज दिउँसो रास्वपा पार्टी कार्यालयमा हुने कार्यक्रममा पार्टी प्रवेश गर्ने पोखरेलले बताए ।

ओखलढुंगाबाट सर्वसम्मत उम्मेदवार हुने गरी आफू रास्वपाको सक्रिय राजनीतिमा प्रवेश गरेको उनको भनाइ छ । पार्टी स्रोतका अनुसार उनलाई अनुशासन आयोगको जिम्मेवारी दिने गरी पार्टीमा भित्र्याउन लागिएको हो ।

कान्तिपुरसँग कुरा गर्दै पोखरेलले मुलुकको बेथिति र अन्याय सँगै बोकेर हिँड्नु हुँदैन भनेर आफू सक्रिय राजनीतिमा लागेको बताए । उनले भने, 'सुशासन र विकासतर्फ लैजान र भ्रष्टाचार हटाउन राजनीतिक प्रतिबद्धतासहित नलागी हुँदैन भनेर म राजनीतिमा लागेको हो ।'

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पोखरेलले २०७९ साउनमा राजीनामा दिएका थिए । आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी) नियुक्त गरिएपछि उनी २०७९ वैशाखमा आईजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । एआईजीमा बढुवा भएको डेढ महिनामै सिंह आईजीपीमा नियुक्त भएका थिए ।

एआईजी पोखरेल २०४९ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully