२१ नयाँ दल थपिए, आयोगमा दर्ता भएका दलको संख्या १ सय ३९ पुग्यो

निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आइतबारसम्म तोकिएको छ ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

21 new parties added, number of parties registered with the Commission reaches 139

What you should know

काठमाडौँ — निर्वाचन आयोगमा विधिवत दर्ता भएका राजनीतिक दलहरूको संख्या १ सय ३९ पुगेको छ । पछिल्लो एक महिनामा २१ वटा नयाँ राजनीतिक दल थपिएका छन् । 

आयोगमा सूचीबद्ध भएका दलहरूमध्ये प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धाका लागि १ सय ८ वटा राजनीतिक दलले पुनः दल दर्ता गराएका छन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आइतबारसम्म तोकिएको छ । थप केही नयाँ दलको दर्ता प्रक्रिया अन्तिम चरणमा छन् । ती दर्ता भएर निर्वाचनमा भाग लिने गरी पुनः दर्ता गराएमा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरूको संख्या अझै थपिने छ । 

पछिल्लो एक महिना यता दर्ता भएका नयाँ दल र तिनको नेतृत्वको नाम 

कान्तिपुर

Link copied successfully