नेकपासँग जसपा र विभिन्न समूहको एकता

राष्ट्रिय सभागृहमा नेकपाका संयोजक पुष्पकमल दाहाल र जनता समाजवादीका संघीय अध्यक्ष राजेन्द्र श्रेष्ठबीच एकतामा सहमति भएको हो ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Unity of JSP and various groups with NCP

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा (माओवादी) विद्रोही समूहबीचको एकता घोषणा भएको छ। 

राष्ट्रिय सभागृहमा नेकपाका संयोजक पुष्पकमल दाहाल र जनता समाजवादीका संघीय अध्यक्ष राजेन्द्र श्रेष्ठबीच एकतामा सहमति भएको हो ।

Unity of JSP and various groups with NCPजनता समाजवादीको संघीय अध्यक्ष श्रेष्ठलगायत नेता नेकपामा समाहित भएका छन्।  जसपा अध्यक्ष अशोक राई पक्ष भने एकतामा आएनन् ।

यसअघि नै माधव नेपाल नेतृत्वको नेकपा एस र माओवादी केन्द्रबीच भएको एकतापछि विभिन्न कम्युनिस्ट घटकहरू नयाँ नेकपामा समाहित भएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully