संविधान संशोधनसहित २८ बुँदे माग राख्दै जसपा नेपालको विरोध प्रदर्शन आज

संविधान संशोधन, राज्य पुनर्संरचना गर्नुपर्ने, प्रदेशहरूलाई स्वायत्त र अधिकार सम्पन्न बनाउनुपर्ने, दलित र महिलाहरूको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायत २८ बुँदे मागहरू कार्यान्वयनको माग गर्दै जसपा नेपालले विरोध प्रदर्शन गर्न लागेको हो।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

JSP Nepal protests today, demanding 28 points including constitutional amendment

काठमाडौँ — उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आज देशभरि विरोध प्रदर्शन र कोणसभा गर्दैछ। 

संविधान संशोधन, राज्य पुनर्संरचना गर्नुपर्ने, प्रदेशहरूलाई स्वायत्त र अधिकार सम्पन्न बनाउनुपर्ने, दलित र महिलाहरूको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायत २८ बुँदे मागहरू कार्यान्वयनको माग गर्दै जसपा नेपालले विरोध प्रदर्शन गर्न लागेको हो। 

अध्यक्ष उपेन्द्र यादवले आज प्रत्येक संसदीय क्षेत्रका सहर तथा बजार क्षेत्रमा विरो प्रदर्शन, कोणसभा र जनपरिचालनसहितको आन्दोलन गर्ने कार्यक्रम रहेको जानकारी दिए। 

उनले उक्त मागहरू कार्यान्वनय नभएसम्म आफूहरू आन्दोलनमा रहने बताए। उनका अनुसार हाललाई पहिलो चरणमा पुस १७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रमहरू तय गरिएको छ। जसपाले सरकारले २८ बुँदे मागपत्र बुझाउँदै कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको थियो।

जसपाले जनसङ्ख्याका आधारमा संसदीय र प्रादेशिक निर्वाचन तोक्नुपर्ने, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसद्को व्यवस्था गर्नुपर्ने माग गरेको छ।

त्यस्तै, अबका निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा आधारित हुनुपर्ने माग गरेको छ। 

कान्तिपुर

Link copied successfully