रास्वपासँग एकीकरण गर्ने विवेकशील साझाको निर्णय

आइतबार राष्ट्रिय सभागृहमा रास्वपा र विवेकशील साझाबीच एकीकरण घोषणा कार्यक्रम हुने

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Vibeksheel Sajha's decision to merge with the Rashtriya Swayamsevak Sangh (RSS)

काठमाडौँ — विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको 'बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव'लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो । 

'वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भइरहेको बेला नवयुवाहरुको आन्दोलन 'जेन-जी विद्रोह'ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकीकरणलाई तीव्रत्तर बनाइदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, समृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिबद्धताका साथ एकीकरणको निर्णय गरिएको हो,  यसले राष्ट्रिय सन्देश दिन्छ', संयोजक एवं उपाध्यक्ष परियारले भने । 

पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरु दुवै दलका नेतृत्वहरुको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंग्याइने उनले बताए । आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully