उद्घाटनपछि हुने बन्दसत्रलगायतका सबै कार्यक्रम भृकुटीमण्डपमा हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
काठमाडौँ — एमालेको ११औं महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा हुने भएको छ । उद्घाटनपछि हुने बन्दसत्रलगायतका सबै कार्यक्रम भृकुटीमण्डपमा हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
महाधिवेशनका लागि मंसिर ७ गतेदेखि नै हरेक निर्वाचन क्षेत्र विभागमा प्रक्रिया सुरु भइसकेको हुनाले जानकारी दिए । यसपटकको महाधिवेशनमा नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मंगलबार आफू अध्यक्षका लागि उम्मेदवार हुने घोषणा गरेका छन्। महाधिवेशन प्रतिनिधि चयनका लागि संस्थापन पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच रस्साकसी चलेको छ।
जिल्ला-जिल्लामा आ-आफ्नो पक्षको महाधिवेशन प्रतिनिधि चयन गर्न नेताहरूले लबिङ सुरु गरेका छन्।
