मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने पार्टीको ११ औं महाधिवेशनको मंसिर १३ गते देशैभर र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनोट हुँदैछन् ।
काठमाडौँ — एमालेले ११औं महाधिवेशनको तयारी तीव्र पारेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा महाधिवेशन सचिवालयको बैठक बसेको हो । बैठक १३ वटा विभिन्न उपसमितिका संयोजकसहित सुरु भएको हो ।
मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने पार्टीको ११ औं महाधिवेशनको मंसिर १३ गते देशैभर र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनोट हुँदैछन् । एमालेको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।
प्रतिनिधिमा उम्मेदवारी शुल्क बढीमा १ हजार रुपैयाँभन्दा बढी नलिन पनि निर्देशन गरिएको छ ।
तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर
