पार्टी पुनर्गठन र रुपान्तरणका लागि आफूले अध्यक्षमा दाबी गरेको पोखरेलको भनाइ छ ।
काठमाडौँ — एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा अध्यक्ष उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
काठमाडौंमा हुने ११ औं महाधिवेशनमा उनले अध्यक्ष उम्मेदवार बन्ने घोषणा गरेका हुन् । पार्टी पुनर्गठन र रुपान्तरणका लागि आफूले अध्यक्षमा दाबी गरेको उनको भनाइ छ ।
केपी शर्मा ओलीले पनि अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् ।
