प्रधानमन्त्रीलाई जनमतको ज्ञापनपत्र : प्रदेशको पूर्ण स्वायत्तताको घोषणासहित १२ बुँदे माग

सीके राउत नेतृत्वको जनमत पार्टीका नेताहरूले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रदेशलाई पूर्ण स्वायत्त घोषणासहित ज्ञापनमार्फत् १२ बुँदै मागहरू राखेका हुन्।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Public opinion memorandum to the Prime Minister: 12-point demands including declaration of full autonomy for the province

काठमाडौँ — जनमत पार्टीले प्रदेशको पूर्ण स्वायत्तताको घोषणा गर्न माग गरेको छ। सीके राउत नेतृत्वको जनमत पार्टीका नेताहरूले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर १२ बुँदै ज्ञापनपत्र बुझाउँदै विभिन्न मागहरू राखेका हुन्।

राउत नेतृत्वको जनमतले सरकारले २०६४ फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरेको ८-बूँदे सम्झौता अनुसार प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउँदै  पूर्ण स्वायत्त घोषणा गर्ने र तत्अनुसार राजनैतिक, प्रशासनिक र आर्थिक स्वायत्तता प्रदान गर्नुपर्ने, स्थानीय निकाय प्रदेश मातहत हुनुपर्ने लगायतका १२ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो। 

मधेश, थरूहट तथा स्वराज आन्दोलनको क्रममा नेपाल सरकारले गरेका २२-बुँदे, ८-बुँदे र ११ बुँदे सम्झौताहरू अनुसार बाँकी रहेका कामहरू कार्यान्वय गरिनुपर्ने, राजनैतिक आन्दोलनको क्रममा मुद्दा लागेकाहरूलाई हिरासत तथा जेलमुक्त गर्ने र मुद्दा फिर्ता र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गरेको छ।

त्यस्तै, नेपाली सेनासहितका सुरक्षा निकायहरूमा मधेशीहरूको सहभागिता समानुपातिक समावेशी बनाउन मधेशी युवाहरूको समूहगत भर्ती तत्काल सुरु गर्नुपर्ने जनमतको माग छ। 

कान्तिपुर

Link copied successfully