जसपा संघीय परिषद् अध्यक्ष श्रेष्ठसहित ६ नेताले छाडे पार्टी, नेकपामा प्रवेश गर्ने

पार्टी छाड्नेहरुमा संघीय परिषद् अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणी देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर धजु छन् ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Six leaders, including JSP Federal Council Chairman Shrestha, leave party, to join NCP

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठसहित ६ नेताले पार्टी परित्याग गरेका छन् । 

विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा एकता र ध्रुविकरणका लागि भन्दै उनीहरुले आइतबार जसपा छाडेका हुन् । पार्टी छाड्नेहरुमा संघीय परिषद् अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणी देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर धजु छन् । 

अध्यक्ष श्रेष्ठले ईकान्तिपुरसँग कुरा गर्दै आफ्नो समूह नेपाली कम्युनिष्ट पार्टीमा एकता गर्ने बताए । उनका अनुसार यही मंसिर १० गते नेपाली कम्युनिष्ट पार्टीसँगको एकता घोषणा कार्यक्रम रहेको छ । 

अशोक राई समूह अहिले पनि मजधारमा रहेको र प्रदीप यादवको नेतृत्वमा नयाँ पार्टी बनाउनेबारे पनि कुरा भएको उनले सुनाए । उनले भने, 'सहमतिका आधारमा हामीले आ-आफ्नो बाटो तय गर्ने निर्णय गर्‍यौं । जनता समाजवादी पार्टीमा तीन ध्रुव रह्यो । र, हामी नेपाली कम्युनिष्ट पार्टीमा जाने भयौं । अशोक राई बिचमा हुनुहुन्छ र अर्को समूहमा पनि छ ।'

कान्तिपुर

Link copied successfully