जसपा, नाउपा र रामुपाले एउटै चिह्नमा चुनाव लड्ने

जसपा अध्यक्ष अशोकुमार राई, नाउपा संरक्षक रेशमलाल चौधरी र रामुपा अध्यक्ष राजेन्द्र महतोबीच जाँतो (चकिया) चुनाव चिह्न लिएर निर्वाचनमा जाने सहमति भएको हो ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

JSP, Naupa and Ramupa to contest elections under the same symbol

काठमाडौँ — जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा एकल चिह्नमा चुनाव लड्ने भएका छन् । 

जसपा अध्यक्ष अशोकुमार राई, नाउपा संरक्षक रेशमलाल चौधरी र रामुपा अध्यक्ष राजेन्द्र महतोबीच जाँतो (चकिया) चुनाव चिह्न लिएर निर्वाचनमा जाने सहमति भएको हो । 

'आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा भाग लिन सहमत भयौं,' सहमतिपत्रमा लेखिएको छ, 'एकल चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्न सहमत भयौं ।'

ती पार्टीले आफूहरुसँग विचार मिल्ने अन्य पार्टीहरुलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरेका छन् ।    

कान्तिपुर

Link copied successfully