रामकुमारी र किसानलाई विशेष निर्णय गरी महाधिवेशन प्रतिनिधि बनाइएको छ : ओली

वामपन्थीबाट पतन भइसकेलाई वामपन्थीको नाममा ठाउँ हुँदैन । नाडी, छाती, मस्तिष्क जाँचेर वामपन्थी भनेपछि भित्र्याउँछौं ।'

मंसिर ५, २०८२

कान्तिपुर संवाददाता

Ram Kumari and Kisan have been made representatives to the general convention by a special decision: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरु रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई विशेष निर्णय गरी महाधिवेशन प्रतिनिधि बनाइएको बताएका छन् । 

नेसनल भोलेन्टियर्स फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एसबाट आएकालाई महाधिवेशन प्रतिनिधि बनाएकामा कोही नभड्किन पनि आग्रह गरे ।

‘नेकपा एसबाट फर्केर आएका नेताहरुलाई महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेका छौं । एसका कार्यकर्ताहरु महाधिवेशनमा गए भनेर सेन्टिमेन्ट भड्काउने प्रयास हुनेछ । पार्टी मजबुत गराउन सजिलो छैन,’ उनले भने, ‘घाँटी सुकुन्जेल वाम एकता भनेर कराउने देखिएको छ । हामी त्यसरी कराउँदैनौं । परेका बेला हामी जाग्छौं । नाडी, छाती, मस्तिष्क जाँचेर वामपन्थी भनेपछि भित्र्याउँछौं ।'

वामपन्थीबाट पतन भइसकेहरुलाई वामपन्थीको नाममा ठाउँ नहुने पनि ओलीले बताए । 'काम नगर्ने अन्त, काम गर्नै एमालेमा आउने हो । मैले आह्वान गरेको छु,’ उनले भने ।

कान्तिपुर

Link copied successfully